३० असार २०८३, मंगलबार

उग्रतारा मेलामा सहभागी भए देउवा दम्पती

मंसिर २, २०८१
काठमाडौं
उग्रतारा मेलामा सहभागी भए देउवा दम्पती
तस्वीर : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको फेसबुकबाट।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा डडेल्धुरामा देहिजात नामले प्रसिद्ध उग्रतारा मेलामा सहभागी भएका छन् । शुक्रबार साँझदेखि शुरू भएको मेला शनिबार साँझ सम्पन्न भएको हो ।  

उग्रताराको प्रसाद ग्रहणपछि पूर्वप्रधानमन्त्री देउवाले त्यहाँस्थित वेद विद्याश्रमका निम्ति भौतिक पूर्वाधार निर्माणको प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात र प्रतिपदाका दिन उग्रतारा मेला लाग्ने गरेको छ । राति लाग्ने मेलालाई ‘रतेडी’ र प्रतिपदाको दिन लाग्ने मेलालाई ‘दिउसेडी’ भनिन्छ । 

खनमडा, छचोडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आएपछि दिउसेडी मेला शुरू भएको थियो । 

मेला भर्न सुदूरपश्चिम, कर्णाली प्रदेश तथा छिमेकी भारतबाट पनि श्रद्धालु आएका उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले जानकारी दिए । उग्रताराको दर्शन गरेमा दैवीप्रकोप नहुने, सुखशान्ति र मनोकामना पूरा हुने जनविश्वास छ ।     

null

salt training

कमेन्ट गर्नुहोस्