
महेन्द्रनगर, २४ कात्तिक– कञ्चनपुर जिल्ला प्राविधिक कार्यालयका प्रमुख इन्जिनियर र सहायक इन्जिनियर २० लाख घुस रकमसहित रंगेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान अयोगको टोलीले प्रमुख इन्जिनियर केदार शर्मा र सहायक इन्जिनियर डण्डीराज पाण्डेलाई २० लाख ३० हजार रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ गरेको हो ।
कञ्चनपुर सदरमुकाम महेन्द्रनगरस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलय स्रोतका अनुसार घुस लिएको नगद ६ लाख रुपैयाँ प्रमुख इन्जिनियर शर्माको निवासबाट बरामद गरिएको हो । यस्तै ९ लाख र ५ लाख ३० हजारको गरी दुईवटा छुट्टाछुट्टै चेकसमेत गरी कूल २० लाख ३० हजार रुपैयाँ बरामद गरिएको छ ।