१० असार २०८३, बुधबार

सरकारद्वारा श्रीलंकाका लागि राजदूत सिफारिस

मंसिर ६, २०८१
काठमाडौं
सरकारद्वारा श्रीलंकाका लागि राजदूत सिफारिस

सरकारले श्रीलंकाका लागि नयाँ राजदूत सिफारिस गर्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले श्रीलंकाको राजदूतमा कपिलवस्तुका पूर्णबहादुर नेपालीलाई सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । 

मन्त्रिपरिषद्को निर्णयअनुसार संसदीय सुनुवाइ पूरा भएपछि उनी सो पदमा नियुक्त हुनेछन् । 

यसअघि सरकारले रामकृष्ण भट्टराईलाई राजदूत सिफारिस गरेपनि उनले नाम फिर्ता लिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्