२० असार २०८३, शनिबार

साराले जितिन् १९औं मिस टिनको उपाधि

मंसिर ७, २०८१
काठमाडौं
साराले जितिन् १९औं मिस टिनको उपाधि

१९ औँ ‘मिस टिन’ नेपालको उपाधि सारा पाण्डेले जितेकी छन् । काठमाडौं जेसिजले गरेको मिस टिन प्रतियोगितामा नेपाल भ्वाइसको स्टुडियोमा आयोजित कार्यक्रममा उनले मिस टिन नेपालको उपाधि जितेकी हुन् ।

मिस टिन विजेता काठमाडौंकी पाण्डेले ५० हजार नगदसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन् ।  शीर्ष उपाधिसँगै उनले मिस फोटोजिनक विधामा ताज र विभिन्न उपहार समेत प्राप्त गरिन् ।

त्यसैगरी ' फस्ट रनर अप' कास्कीकी सुविका उपाध्याय र सेकेण्ड रनरअप काठमाडौंकी समृद्धि पोख्रेलले उपाधि हासिल गरेकी छन् । 

फस्ट रन अपले ३० हजार नगद र सेकेण्ड रनरअपले २० हजार नगर प्राप्त गरेकी छन् ।

शीर्ष उपाधिसँगै उनले मिस फोटोजिनक विधामा ताज र विभिन्न उपहारसमेत प्राप्त गरिन् ।

मिस टिन इभेन्टको व्यवस्थापन ३६५ ले गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्