०६ असार २०८३, शनिबार

दैलेखको सिस्नेमा बस दुर्घटना

मंसिर ७, २०८१
काठमाडौं
दैलेखको सिस्नेमा बस दुर्घटना
फाइल तस्वीर

कालिकोटबाट टिकापुर जाँदै गरेको बस दैलेखमा दुर्घटनामा परेको छ ।

शुक्रबार साँझ ५ बजेर १० मिनेटको समयमा टिकापुर जाँदै गरेको ना ४ख ६०५६ नम्बरको बस आठबीस नगरपालिका –२ सिस्नेमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकामध्ये ८ जनालाई उद्धार गरेर स्थानीय अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । 

दुर्घटनामा केही यात्रुहरू सामान्य घाइते भएका छन् ।

प्रहरीका अनुसार दुर्घटनाको कारण खुल्न सकेको छैन भने बसमा कति यात्रु सवार थिए भन्ने पनि खुलिसकेको छैन ।

थप विवरण आउन बाँकी छ । 

salt training

कमेन्ट गर्नुहोस्