०२ असार २०८३, मंगलबार

खानेपानी आयोजनाको मर्मत छिटो गर्न मन्त्री यादवको निर्देशन​

मंसिर ७, २०८१
काठमाडौं
खानेपानी आयोजनाको मर्मत छिटो गर्न मन्त्री यादवको निर्देशन​

खानेपानीमन्त्री प्रदीप यादवले गत असोजमा परेको अविरल वर्षासँगै गएको बाढीपहिरोका कारण क्षति भएका देशभरिका खानेपानी आयोजनाको मर्मत कार्यलाई छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् ।

गत असोज ११ गतेदेखिको अविरल वर्षाका कारण आएको बाढी पहिरोले देशभरिका खानेपानी प्रणालीमा गम्भीर प्रभाव परेको र क्षति पुर्‍याएका खानेपानी तथा पानी आपूर्ति बन्द भएका ठाउँमा हाललाई अस्थायी रूपमा भए पनि मर्मत एवं पुनर्निर्माण गरेर जनतालाई नियमित रूपमा पानी आपूर्ति गर्न मन्त्री यादवले निर्देशन दिएका हुन् ।

मन्त्री यादवले भने, 'गत असोज ११ गतेदेखिको बाढी पहिरोले हाम्रा खानेपानीका आयोजनामा ठूलो क्षति गरेको छ, कतिपय ठाउँमा अहिलेसम्म पानी सञ्चालन गर्न सकिएको छैन, हाललाई अस्थायी रूपमा भए पनि आवश्यक प्राविधिक सहायता र स्रोत साधन तुरुन्त परिचालन गरी पानी आपूर्ति सहज गर्नुहोला ।'

यसैगरी मन्त्री यादवले बाढी पहिरोले क्षति गरेका खानेपानीका आयोजनाको पुनर्निर्माणलगायत कामका लागि आवश्यक पर्ने बजेटको व्यवस्थाका लागि आफूले पहल गरिरहेकाले हाललाई पानी आपूर्ति सहज गराउनतर्फ सबै क्षेत्रबाट लाग्न आग्रह गरेका हुन् । 

उनले भने, 'बाढीले क्षति गरेका खानेपानीका आयोजना पुनर्निर्माणलगायत कामका लागि बजेटको व्यवस्था गर्दैछौं, तपाईँहरू आवश्यक प्राविधिक सहायता र स्रोत साधन परिचालन गरी काम अगाडि बढाउनुहोला ।'

बाढी पहिरोले देशभरिमा एक हजार छ सयभन्दा बढी खानेपानी आयोजनामा क्षति पुगेको खानेपानी मन्त्रालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्