
युक्रेनको संसद्ले किभमा रुसी क्षेप्यास्त्र आक्रमणको खतरालाई ध्यानमा राख्दै शुक्रबारको बैठक रद्द गरेको छ । युक्रेनी सांसद येभगेनिया क्रभचुकले समाचार एजेन्सी एएफपीलाई भने कि संसद्को प्रश्न अवधि रद्द गरिएको हो ।
येभगेनिया क्रभचुकले भने, 'आगामी दिनहरूमा कीभमा आक्रमणहरू तीव्र हुने अपेक्षा गरिएको छ ।'
बिहीबार युक्रेनी वायुसेनाले रुसले डिनिप्रो सहरतर्फ अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रहार गरेको बताएको थियो ।