२८ जेठ २०८३, बिहीबार

पोखरामा भारतीय सेना प्रमुख, गोर्खा सैनिकहरुको बहादुरीको प्रशंसा

मंसिर ८, २०८१
काठमाडौं
पोखरामा भारतीय सेना प्रमुख, गोर्खा सैनिकहरुको बहादुरीको प्रशंसा

नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख जनरल उपेन्द्र द्विवेदीले शनिबार पोखराको भ्रमण गरेका छन् । 

सो क्रममा उनले पोखरास्थित पेन्सन भुक्तानी कार्यालयको परिसरमा भेला भएका नेपालमा बसोबास गर्ने भूतपूर्व गोर्खा सैनिकलाई सम्बोधन गरेका छन्। 

null

उक्त समारोहमा उपस्थित वीरता पुरस्कार विजेता एवम् वीर नारीलाई सम्मान गर्दै उनीहरुसँग जनरल उपेन्द्र द्विवेदी र सेना पत्नी कल्याण संघ (भारतीय सेना) की अध्यक्ष सुनीता द्विवेदीले कुराकानी गरे । भारतीय सेना प्रमुखले गोर्खा सैनिकहरुको बहादुरीको प्रशंसा गर्दै उनीहरुको साहस र राष्ट्रप्रति समर्पित सेवालाई सलाम गरे । 

जनरल उपेन्द्र द्विवेदी पछि पोखरास्थित नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरको भ्रमण गरी पृतनापति उपरथी सन्तोष बल्लभ पौड्याल र उनका स्टाफ अफिसरहरुसँग अन्तरक्रिया गरेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्