
रोल्पा, २५ कात्तिक– माओवादी केन्द्रका नेता एवं उम्मेदवार वर्षमान पुनलाई लक्षित गर्दै गोली चलेको छ । आक्रमणबाट पुनसहितका अन्य नेता सुरक्षित छन् ।
रोल्पाको माडीगाउँपालिका–१ स्थित भिट्टाबाङ भन्ने स्थानमा पुगेका माओवादी नेता पुन चढेको गाडीमा विद्युतीय धराप समेत विस्फोट भएको थियो । बाटोमा ओछ्याइएको धराप विस्फोट हुँदा पुन सवार गाडीमा समेत सामान्य क्षति पुगेको रोल्पा प्रहरीले जनाएको छ ।
प्रहरी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आक्रमण गरेको अनुमान गरेको थियो ।
गाडीमा पुन सँग माओवादी नेतृ जयपुरी घर्ती लगायतका नेता थिए ।
यसअघि हिजो रुकुममा माओवादी केन्द्रका नेता एवं विना विभागीय मन्त्री वर्षमान पुनमाथि लक्षित गर्दै बम आक्रमण भएको थियो ।