०३ साउन २०८३, आइतबार

कांग्रेस विजयी भएमा जनताको समस्या समाधान हुन्छ : विश्वप्रकाश शर्मा

मंसिर १०, २०८१
सुनसरी
कांग्रेस विजयी भएमा जनताको समस्या समाधान हुन्छ : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसको पक्षमा मतदान गर्न आग्रह गरेका छन् । यही मङ्सिर १६ गते गढी गाउँपालिका–६ मा वडाध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचन प्रचारमा सुनसरी आएका उनले आइतबार आयोजित घरदैलो कार्यक्रममा यस्तो बताएका हुन् । 

कांग्रेस विजयी भएमा जनताको समस्या समाधान हुने उनले दाबी गरे । कांग्रेस बलियो भयो भने मात्र लोकतन्त्र बलियो र संस्थागत हुने भएकाले कांग्रेसको जित आवश्यक रहेको उनको भनाइ थियो । घरदैलो कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीसहितका सयौँ नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्