०४ असार २०८३, बिहीबार

खुकुरीले सार्वजनिक गर्‍यो कास्क सिरिजको प्रिमियम रम, कति छ मूल्य ?

मंसिर १०, २०८१
काठमाडौं
खुकुरीले सार्वजनिक गर्‍यो कास्क सिरिजको प्रिमियम रम, कति छ मूल्य ?

खुकुरी रमको निर्माता कम्पनी नेपाल डिस्टिलरीज लिमिटेडले कास्क सिरिज रमको आफ्नो पहिलो संस्करण अनावरण गरेको छ । यो विशेष रम केवल ५२०० वटा विशिष्ट संख्या अङ्कित बोतलहरू मात्र उत्पादन भएको कम्पनीले जनाएको छ ।

'यो अतुलनीय गुणस्तरको मदिरा एक अद्वितीय नेपाली शिल्पकलाको उदाहरण हो, जसले खुकुरी रमलाई उत्कृष्ट रमहरूको विश्वव्यापी नक्सामा दृढतापूर्वक समावेश गर्दछ,' कम्पनीका सीईओ रमेश कृष्णनले भने । सीमित उत्पादन हुने रममध्ये १६०० बोतल मात्र स्वदेशी बजारमा उपलब्ध हुनेछन् भने बाँकी अन्तर्राष्ट्रिय बजारमा निर्यात गरिने कम्पनीको भनाइ छ । यो प्रिमियम रम नेपाली बजारमा दश हजार रुपैयाँमा निश्चित ग्राहकहरूलाई मात्र निजी च्यानलमार्फत् बिक्री गरिने छ ।

कास्क रम बनाउने कलाको शुरूआत हिमालको पानी र गुणस्तरीय उखुको मोलासेसको छनोटबाट शुरू हुन्छ। यी कच्चा पदार्थहरू जटिल प्रक्रियाहरूमार्फत् रूपान्तरण गरिन्छन् जसमा फर्मेन्टेसन, डिस्टिलेसन र सावधानीपूर्वक छानिएका कास्कहरूमा एजिंग गर्ने प्रक्रिया समावेश हुन्छन् ।

स्मोक्ड फिनिस भएको कास्क शृङ्खलाको पहिलो संस्करणले गाढा र नवीन स्वाद प्रस्तुत गर्ने कम्पनीको दाबी छ ।

'रम परिपक्व हुनका लागि आवश्यक पर्ने उत्कृष्ट सामग्री र सबैभन्दा उपयुक्त वातावरण प्रदान गर्न नेपालको भौगोलिक अवस्थिति अद्वितीय छ र स्मोक्ड फिनिसमा काम गर्न पाउँदा हामीलाई एकदमै उत्साह जागेको छ । यो रमको निर्माण गर्नु भनेको स्वादको सिमाहरू धकेल्दै खुकरी रमको समृद्ध सम्पदालाई सम्मान गर्ने अवसर पनि हो,' उनले भने । 

खुकुरीजस्तो उत्कृष्ट रम सिर्जना गरेको ६ दशक भन्दा लामो अनुभव भएको नेपाल डिस्टिलरीजले सीमित खुकुरी कास्क शृंखलामा अतुलनीय विशेषज्ञता थप्ने विश्वास गरेको छ । 

केही पुराना ब्याचसहित दुर्लभ रमको भण्डारबाट सावधानीपूर्वक चयन गरेर कम्पनीले विलासी, स्मोक्ड फिनिस रम सिर्जना गरेको र यसले प्रत्येक बोतलमा शिल्प, कौशल र समर्पणको उदाहरण झल्काएको कम्पनीको भनाइ छ। कम्पनीका सीईओ रमेश कृष्णनले स्मोक्ड फिनिसमा काम गर्न पाउँदा उत्साह जागेको बताए ।

 

salt training

कमेन्ट गर्नुहोस्