१२ असार २०८३, शुक्रबार

पाटे बाघको छालासहित १ जना पक्राउ

मंसिर १०, २०८१
कपिलवस्तु
पाटे बाघको छालासहित १ जना पक्राउ

कपिलवस्तुबाट पाटे बाघको छालासहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रुपन्देही बुटवल उप-महानगरपालिका- ५ गोलपार्कका ४१ वर्षीय विष्णुप्रसाद भट्टराई रहेका छन् ।​

प्रहरी निरिक्षक सुजन शाहको कमान्डमा खटिएको प्रहरी टोलीले उनलाई पाटे बाघको छालासहित शिवराज नगरपालिका- २ हल्लानगरबाट पक्राउ गरेको हो ।

उनको साथबाट टाउकोदेखि पुच्छरसम्म करिब ६ फिट लम्बाइ भएको बाघको छाला बरामद भएको प्रहरीले जनाएको छ ।

साथै उनको साथबाट लु ५८ प ९७५५ नम्बरको मोटरसाइकल बरामद भएको छ ।

पक्राउ परेका भट्टराईलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय चन्द्रौटा कपिलवस्तु पठाइएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्