१० साउन २०८३, आइतबार

अन्डरवयरमा लुकाएर डेढ करोडको सुन तस्करी, अमृतसर विमानस्थलबाट पक्राउ परे एक यात्रु

मंसिर १०, २०८१
काठमाडौं
अन्डरवयरमा लुकाएर डेढ करोडको सुन तस्करी, अमृतसर विमानस्थलबाट पक्राउ परे एक यात्रु
अमृतसर विमानस्थल ।

भारतको अमृतसरस्थित गुरु रामदास जी अन्तर्राष्ट्रिय विमानस्थलमा डेढ करोड भारतीय रुपैयाँको सुन बरामद भएको छ । भारतको भन्सार विभागले दुबईबाट आएका एक यात्रुबाट सुन बरामद गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

समाचारमा जनाइएअनुसार यात्रुले उक्त सुन आफ्नो अन्डरवयरमा लुकाएर ल्याएका थिए । उनलाई शंकाको आधारमा भन्सारले पक्राउ गरेको थियो । जाँच गर्ने क्रममा सुन बरामद भएको हो । 

दुबईबाट उडेको श्रीगुरु रामदास जी अन्तर्राष्ट्रिय विमानस्थलमा एक यात्रुले अन्डरवयरमा लुकाएर दुई किलो सुन ल्याएका थिए । विमान अमृतसरको विमानस्थलमा अवतरण गर्नेवित्तिकै चेकिङका क्रममा यात्रु समातिएका हुन् । 

बरामद सुनको मूल्य करिब डेढ करोड रुपैयाँ रहेको अनुमान गरिएको छ । सुन र अभियुक्तलाई भन्सार अधिकारीले नियन्त्रणमा लिएका छन् ।

जानकारीका अनुसार यात्रुले आफ्नो अन्डरवयरमा चार पाउचमा पेस्टगरी सुन लुकाएर राखेका थिए । सूचना पाएलगत्तै भन्सार अधिकारीले उडानबाट ओर्लिएका यात्रुको सघन जाँच शुरू गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्