१७ असार २०८३, बुधबार

पूर्वसभामुख ढुंगानाको निधनमा शोक प्रकट गर्न बत्तीसपुतली पुगिन् पूर्वराष्ट्रपति भण्डारी

मंसिर १०, २०८१
काठमाडौं
पूर्वसभामुख ढुंगानाको निधनमा शोक प्रकट गर्न बत्तीसपुतली पुगिन् पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ अधिवक्ता तथा पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति शोक प्रकट गरेकी छन्। 

सोमबार ढुंगाना परिवारको निवास बत्तीसपुतली पुगेर पूर्वराष्ट्रपति भण्डारीले दिवंगत ढुंगानाप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारमा समवेदना प्रकट गरेकी हुन्। 

त्यसक्रममा उनले ढुंगानाकी श्रीमती भुवन र छोराछोरीहरूसँग भेटघाट गरिन्। पूर्वराष्ट्रपति भण्डारीले ढुंगानाको योगदानको चर्चा गर्दै उनले संविधान निर्माणको महत्त्वपूर्ण प्रक्रियामा अविस्मरणीय भूमिका निर्वाह गरेको उल्लेख गरिन्। 

२०४७ सालमा जरी गरिएको संविधानको मस्यौदा बनाउन गठित समितिको सदस्य र २०४८ सालको प्रतिनिधिसभाका सभामुखका रूपमा उनले खेलेको भूमिकालाई भण्डारीले स्मरण गरिन् ।

२०६२/०६३ सालको जनआन्दोलनमा नागरिक अगुवाका रूपमा लोकतन्त्रको स्थापना र यसलाई संस्थागत गर्ने काममा ढुंगानाले विशिष्ट योगदान पुर्‍याएको पूर्वराष्ट्रपति भण्डारीले उल्लेख गरिन् । 

कमेन्ट गर्नुहोस्