२७ असार २०८३, शनिबार

१३ वर्षका वैभवलाई किन्न राजस्थानले १ करोड बढी रकम खर्चियो

मंसिर ११, २०८१
काठमाडौं
१३ वर्षका वैभवलाई किन्न राजस्थानले १ करोड बढी रकम खर्चियो

बिहारका १३ वर्षीय ब्याटर वैभव सुर्यवंशी विश्वको चर्चित फ्रेन्चाईज इन्डियन प्रिमियर लिग (आईपीएल)मा बिक्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन्, त्यो पनि करोड बढी मूल्यमा ।

वैभवलाई राजस्थान रोयल्सले १ करोड १० लाख भारतीय रुपैयाँमा किनेको हो । अक्सनमा वैभवको न्यूनतम मूल्य ३० लाख रुपैयाँ रहेको थियो । 

बैभवका लागि राजस्थान र दिल्ली क्यापिटल्सले बिडिङ गरेका थिए । 

वैभवले १२ वर्षको उमेरमा विहारबाट रणजी ट्रफीमा डेब्यु गरेका थिए । उनको चर्चा त्यसयता चुलिएको थियो ।

उनी सन् २०२३ मा भारतको भारत यू१९ को बी टोलीबाट पनि खेलेका थिए । उनले त्यसबेला ६ खेलमा १ सय ७७ रन जोड्ने क्रममा २ अर्धशतक प्रहार गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्