२६ जेठ २०८३, मंगलबार

पर्यटनमन्त्री देवलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

कात्तिक २५, २०७४
पर्यटनमन्त्री देवलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौँ, २५ कात्तिक– निर्वाचन आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवलाई निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको छ । 

सरकारी सवारी साधनको दुरूपयोग गरी सप्तरीस्थित सार्वजनिक विद्यालय परिसरमा आयोजना गरिएको नेपाली काँग्रेसको चुनावी सभामा प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्य निर्वाचन आचारसंहिता विपरित भएकाले तपाइँलाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेवापत किन कारवाही नहुनु पर्ने हो भनी आयोगले मन्त्री देवसँग २४ घण्टे स्पष्टीकरण माग गरेको छ ।

आज  एक दैनिक पत्रिकामा प्रकाशित ‘विद्यालयमै सभा र मन्त्रीकै उपस्थितिमा आचारसंहिता विपरित सभा’ भन्ने शीर्षकमा समाचार प्रकाशित भएपछि आयोगले मन्त्री देवलाई स्पष्टीकरण सोधेको हो । 

निर्वाचन आचारसंहिता लागू भइरहेको अवस्थामा सरकारी सवारी साधनको दुरूपयोग गरी सार्वजनिक विद्यालय परिसरमा आयोजना गरिएको नेपाली काँग्रेसको चुनावी सभामा प्रमुख अतिथिको रूपमा सहभागी भएर मन्त्री देवले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आयोगको ठहर छ । 

मन्त्री देवलाई पत्र लेख्दै आयोगले २४ घण्टाभित्र स्पष्टीकरण पेश निर्देशन दिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्