२८ जेठ २०८३, बिहीबार

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बाल क्यान्सरको निःशुल्क उपचार

मंसिर ११, २०८१
चितवन
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बाल क्यान्सरको निःशुल्क उपचार

बिपी कोइराला मेमोरियल अस्पतालले बाल क्यान्सरको निःशुल्क उपचार शुरूआत गरेको छ । अस्पतालले विगतमा शय्या, खाना, रेडियो थेरापी निःशुल्क गर्दै आएकामा अब केमोलगायत औषधि पनि निःशुल्क गरेको हो ।
 
अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार डिसेम्बरको अन्तिमसम्म विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)बाट केमोसहितका ३५  बाल क्यान्सरका औषधि निःशुल्क आउँदैछन् । ती औषधि नआउँदासम्म अहिले अस्पतालले नै औषधि उपलब्ध गराउँदै आएको छ । 
 
अस्पतालका उपनिर्देशक डा उमेश नेपालका अनुसार यस अस्पतालमा बाल क्यान्सरका बिरामीको चाप अत्यधिक हुने गर्दछ ।  
 
अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ डा कृष्णसागर शर्माले सुरुकै अवस्थामा बाल क्यान्सर पत्ता लाग्यो भने निको बनाउन सकिने बताए । बाल क्यान्सरको उपचार पूर्ण निःशुल्क भएसँगै पहुँच बाहिर रहेका बालबालिका पनि उपचारको पहुँचमा आउने उनले विश्वास व्यक्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्