२४ जेठ २०८३, आइतबार

इमरान खानका हजारौं समर्थक इस्लामाबाद पुगे, सुरक्षा व्यवस्था कडा

मंसिर ११, २०८१
काठमाडौं
इमरान खानका हजारौं समर्थक इस्लामाबाद पुगे, सुरक्षा व्यवस्था कडा

पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई)का कार्यकर्ताहरूले जेलमा रहेका पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई रिहा गर्न माग गरिरहेका छन् ।

सोमबार पीटीआईका कार्यकर्ता इस्लामाबादको सीमामा प्रवेश गरेका थिए । प्रदर्शनकारीहरूको लक्ष्य इस्लामाबादको डी-चोक पुग्नु हो ।

आन्दोलनकारीलाई रोक्न सुरक्षा व्यवस्था कडा बनाइएको बीबीसीले जनाएको छ । 
इस्लामावाद प्रशासनले पाकिस्तानको संविधानको धारा २४५ अन्तर्गत कानून र व्यवस्था बहाल गर्न सेना बोलाएको छ।

यसै वर्षको जनवरीमा इस्लामावादको एक अदालतले तोशाखाना मुद्दामा इमरान खानलाई १४ वर्षको जेल सजाय सुनाएको थियो । यसबाहेक २० लाख पाकिस्तानी रुपैयाँ जरिवाना पनि लगाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्