
मध्य अमेरिकी देश कोस्टारिकामा ६ यात्रु बोकेको विमान दुर्घटना भएको छ ।
हाल विमानमा सवार व्यक्तिहरूको अवस्था खुल्न सकेको छैन ।
यो दुर्घटना कोस्टारिकाको राजधानी सान जोसको दक्षिण-पूर्वमा भएको बताइएको छ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीका अनुसार कोस्टारिकाका नागरिक उड्डयन अधिकारीहरूले विमानको प्रकार सेस्ना २०६ स्टेशन एयर भएको बताए ।
दुर्घटनाबारे थप अनुसन्धा भैरहेको समाचारमा उल्लेख छ ।