२३ जेठ २०८३, शनिबार

केटाको सरकारी जागिर नहुँदा मण्डपमै भाँडियो बिहे, प्राइभेटको एक लाख तलब हुँदा पनि केटी मानिनन्

मंसिर ११, २०८१
काठमाडौं
केटाको सरकारी जागिर नहुँदा मण्डपमै भाँडियो बिहे, प्राइभेटको एक लाख तलब हुँदा पनि केटी मानिनन्

अहिले मंसिर महिना चलिरहेको छ । मंसिरमा धेरैको बिहे भैरहेको छ । बिहे हुनुअघि केटाकेटीका धेरै माग हुन्छ । कसैले श्रीमान सरकारी जागिरे खोज्छन्, कोही श्रीमती जागिरे खोज्छन् ।

तर, भारतको उत्तर प्रदेशमा केटाको सरकारी जागिर नभएको खुलेपछि हुनै लागेको बिहे रद्द भएको छ । जन्ती लिएर आएको टोली रित्तै हात फर्किएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

मण्डलमा बेहुला बेहुलीले वरमाला साटासाट पनि गरिसकेका थिए । तर, सिन्दुर हाल्नुअघि केटाको सरकारी जागिर नभएको केटीले थाहा पाइन् । अनि बीचमै बिहे भाँडियो । 

केटाको सरकारी जागिर नभई उनी इन्जिनियर रहेको खुल्यो । त्यसपछि युवतीले बिहे अस्वीकार गरिन् । दुवै पक्षले सम्झाउने प्रयास गरे पनि सफल हुन सकेन । केटी तयार भइनन् । 

केटाका बुवा भने सरकारी जागिरे थिए । गेस्ट हाउसमा जन्तीको भव्य स्वागत गरिएको थियो । 

तर, चल्दै गर्दा कसैले केटाको जागिरबारे सोध्यो । उनका बुवाले छोरा सिभिल इन्जिनियर भएको बताए । उनी निजी कम्पनीमा जागिर भने गरिरहेका थिए । तर, केटीले मानिनन् । 

केटीलाई मनाउन केटाले आफ्नो तलब स्लिप मगाएर पनि देखाए । स्लिपमा केटाको तलब मासिक १ लाख २० हजार थियो । यति हुँदाहुँदै पनि दुलही आफ्नो जिद्दीमा अडिग रहिन् । अनि बिहे गर्न इन्कार गरिन् । 

त्यसपछि बिहेको खर्च बराबर गर्नेगरी  केटापक्ष रित्तै फर्किएका थिए । 


 

salt training

कमेन्ट गर्नुहोस्