
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३३ अंकले बढेको छ।
साताको तेस्रो कारोबारका दिन मंगलबार नेप्से परिसूचक ३३.४१ अंकले बढेर २७१६.६६ को विन्दुमा अडिएको हो ।
यस दिन १ करोड ४२ लाख ९२ हजार ७४२ कित्ता शेयरको खरिदबिक्री हुँदा ७ अर्ब ४४ करोड ९८ लाख ९८ हजार रुपैयाँको कारोबार भएको छ ।
अघिल्लो कारोबारका दिन सोमबार नेप्से परिसूचक १५.८३ अंकले बढेर २६८३.२४ को विन्दुमा अडिएको थियो। यस दिन बजारमा १ करोड २२ लाख ६३ हजार ७८० कित्ता शेयरको खरिदबिक्री हुँदा ६ अर्ब ३४ करोड ५८ लाख ९ हजार रुपैयाँको कारोबार भएको थियो ।
आज सर्पोट माइक्रो फाइनान्स वित्तीय संस्था, युनाइटेड आईडीआई मार्दी आरबी हाइड्रोपावर र केथुली बुखरी स्मल हाइड्रोपावरका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् ।
यस दिन यी कम्पनीहरूको शेयर मूल्य सबैभन्दा बढी १० प्रतिशतले बढेको छ । त्यस्तै, थ्री स्टार हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा बढी १० प्रतिशतले घटेको छ ।
मङ्गलबार कारोबारका आधारमा नेपाल फाइनान्स लिमिटेड ४५ करोड ७८ लाख रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।
साताको पहिलो कारोबारका दिन आइतबार १३.०३ अंकले घटेर परिसूचक २६६७.४० को विन्दुमा बन्द भएको थियो ।