२८ जेठ २०८३, बिहीबार

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले लिए पद तथा गोपनीयताको शपथ

मंसिर ११, २०८१
काठमाडौं
धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले लिए पद तथा गोपनीयताको शपथ

नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले शपथ लिएका छन् ।

श्रेष्ठले मंगलबार उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ  लिएका हुन् । 

श्रेष्ठलाई सोमबारको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । 

तत्कालीन अध्यक्ष रमेशकुमार हमालको कार्यकाल २०८० पुस २० गते  सकिएको थियो ।

करिब ११ महिनापछि बोर्डले नेतृत्व पाएको छ । 

नवनियुक्त अध्यक्ष श्रेष्ठले प्राथमिकताका आधारमा काम गर्ने र पुँजी बजारमा रहेका समस्यालाई अवसरका रूपमा बदल्ने प्रतिबद्धता जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्