०८ असार २०८३, सोमबार

यी ८ बलिउड सेलिब्रेटी, जसले प्लाष्टिक सर्जरी गराएर रुप बदले

कात्तिक २५, २०७४
यी ८ बलिउड सेलिब्रेटी, जसले प्लाष्टिक सर्जरी गराएर रुप बदले

मुम्बई— बलिउडमा आकर्षक देखिनका लागि  चर्चितअ भिनेत्रीहरुले प्लाष्टिक सर्जरी गराएका छन् । कतिको प्लाष्टिक सर्जरी सफल भएर  पहिलेभन्दा आकर्षक देखिन थाले भने कतिको लुक्स नै थप बिग्रिन पुग्यो । आज हामी बलिउडका ८ सेलिब्रेटीको प्लाष्टिक सर्जरीबारे चर्चा गर्दैछौंः
शिल्पा सेट्टी— उनले   नाक र ब्रेस्ट इम्प्लान्ट सर्जरी गराइन् भने त्यसपछि उनी पहिले भन्दा आकर्षक देखिन थालिन् । 
श्रीदेबी— श्रीदेबीले नाकको सर्जरी गराएकी थिइन् ।  त्यसपछि उनको फेसमा चमक  थप देखिएको थियो । 
कंगना रनोट— ब्रेस्ट इम्प्लान्ट सर्जरी,  ओटको सर्जरी र फेस लिफ्ट सर्जरी गराएकी उनका लागि त्यो सुखद रहेन । कारण उनको आठको साइजका कारण उनको निकै आलोचना भयो । 
आयशा टाकिया— ब्रेस्ट इम्लान्ट र ओठको सर्जरी गराएकी उनको  लुक्स बिग्रिन पुग्यो ।  जसका कारण मिडियामा उनलाई निकै उडाइयो । 
प्रिसंका चोपडा— नाक, ओठ सर्जरी र छाला लाइटिङ उपचार गराएकी उनी त्यसपछि थप  आकर्षक देखिइन् ।  
अनुष्का शर्मा— अभिनेत्री अनुष्का शर्माले ओठको सर्जरी गराएकी थिइन् । त्यसपछि उनको चमक हराएको बलिउडमा चर्चा छ । 
हेमा मालिनी— स्किन लाइटिङ उपचार गराएकी उनले फेसको पनि सर्जरी गराइन् । त्यसैले त ६९ वर्षको उमेरमा पनि उनी जवान देखिन्छिन् । 
काजोल—स्किन  लाइटिङ ट्रिटमेन्ट गराएकी उनी त्यसयता थप आकर्षक देखिइन् । 
—एजेन्सीको सहयोगमा 
 

salt training

कमेन्ट गर्नुहोस्