१७ असार २०८३, बुधबार

भारतको तमिलनाडुमा भारी वर्षाको सम्भावना, चेन्नई आसपासका विद्यालय बन्द गर्न आदेश

मंसिर १२, २०८१
काठमाडौं
भारतको तमिलनाडुमा भारी वर्षाको सम्भावना, चेन्नई आसपासका विद्यालय बन्द गर्न आदेश

भारतको तमिलनाडुमा भारी वर्षाको सम्भावनाका कारण धेरै जिल्लामा रेड अलर्ट जारी गरिएको छ । प्रशासनले चेन्नई र वरपरका जिल्लाका विद्यालयहरू बन्द गर्न आदेश दिएको बीबीसी हिन्दीले जनाएको छ । 

भारतीय मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीको दक्षिण–पश्चिममा रहेको चापीय प्रणाली गहिरो भएकाले फेङ्गल नामको आँधी बन्ने सम्भावना रहेको छ ।

समाचार एजेन्सी एएनआईका अनुसार बुधबार यो दबाब उत्तरपश्चिमतर्फ सरेर चक्रवातको रूप लिन सक्ने सम्भावना छ ।

तमिलनाडु र आसपासमा बिहीबारसम्म वर्षा जारी रहनेछ। अहिले चेन्नईमा लगातार पानी परिरहेको छ ।

प्रशासनले माछा मार्नेहरूलाई समुद्रमा जान प्रतिबन्ध लगाएको छ।

salt training

कमेन्ट गर्नुहोस्