२६ जेठ २०८३, मंगलबार
डेडिकेटेड र ट्रंकलाइन विवाद

उद्योगमा तत्काल लाइन नकाट्ने प्राधिकरणको निर्णय

मंसिर १२, २०८१
काठमाडौं
उद्योगमा तत्काल लाइन नकाट्ने प्राधिकरणको निर्णय

नेपाल विद्युत प्राधिकरणले उद्योगहरूमा तत्काल  बिजुली नकाट्ने निर्णय गरेको छ । प्राधिकरणको सञ्चालक समितिको बुधबार बसेको बैठकले बक्यौता नतिर्ने उद्योगहरूमा तत्काल लाइन नकाट्ने निर्णय गरेको हो । 

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले लाइन नकाट्ने निर्णय गरेको प्राधिकरणका एक कर्मचारीले लोकान्तरलाई जानकारी दिए । 

उनका अनुसार विद्युत नियमन आयोगको चिठीअनुसार ​तत्काल उद्योगमा बिजुली नकाट्ने तर, वैकल्पिक बाटो प्रयोग गरेर पैसा उठाउने निर्णय गरेको हो । 

मंगलबार विद्युत नियमन आयोगले उद्योगमा तत्काल लाइन नकाट्न निर्देशन दिएको थियो । 

यसअघि प्राधिकरणले ट्रंकलाइन तथा डेडिकेटेड लाइनको बक्यौता नतिर्ने उद्योगको लाइन काटिदिएको थियो ।

सरकारले प्राधिकरणलाई बिजुली जोड्न निर्देशन दिएपछि प्राधिकरणले बिजुली जोडेर १५ दिनभित्र बक्यौता नतिर्ने उद्योगमा फेरि लाइन काटिने सूचना निकालेको थियो । १५ दिनको अवधि आज सकिँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्