
गृहमन्त्री रमेश लेखकले पर्सा र महोत्तरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई काठमाडौं बोलाएर स्पष्टीकरण सोधेका छन् ।
पर्साका सीडीओ गणेश अर्याल र महोत्तरीका सीडीओ लालबाबु कबारीलाई स्पष्टीकरण सोधिएको गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीले जानकारी दिए ।
अर्यालका विवादित अभिव्यक्ति र कबारी कार्यरत प्रशासनको नायब सुब्बा घससहित पक्राउ परेको विषयमा स्पष्टीकरण सोधिएको हो ।
अर्यालले जिल्ला अस्पताल तोडफोड घटनामा विवादित अभिव्यक्ति दिएका थिए ।
गृहमन्त्री लेखकले आइन्दा विवादमा नआउने गरी काम गर्न चेतावनी दिएका थिए ।
कबारी यसअघि सिरहाको सीडीओ हुँदा पनि विवादमा परेका थिए ।