२६ जेठ २०८३, मंगलबार

जस्मिन पेन्ट्सको ब्रान्ड एम्बेस्डरमा पारस खड्का​

मंसिर १२, २०८१
काठमाडौं
जस्मिन पेन्ट्सको ब्रान्ड एम्बेस्डरमा पारस खड्का​

जस्मिन पेन्ट्सको ब्रान्ड एम्बेस्डरमा नेपाल क्रिकेट संघ (क्यान)का सचिव एवं नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का नियुक्त भएका छन्।

कम्पनीले आफ्नो उत्पादनहरूलाई प्रवर्द्धन गर्ने उद्देश्यले खड्कालाई ब्रान्ड एम्बेस्डरको रूपमा नियुक्त गरेको हो । स्वदेशी उत्पादनहरूलाई थप सशक्त र बजारीकरण गर्नका लागि व्यापार प्रवर्द्धन महत्त्वपूर्ण भूमिकाका लागि एम्बेस्डर नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार पछिल्लो समय नेपाली खेल क्षेत्रको विकास र युवाहरूको चाहना र भावनालाई मध्यनजर गर्दै नेपाली क्रिकेटले आफ्नो उत्कृष्ट प्रभुत्व जमाउन सकिरहेको अवस्थामा खेल र खेलाडीहरूलाई पनि थप प्रोत्साहन गर्ने उद्देश्यले खड्कासँग सहकार्य गरिएको हो ।

खड्कासँग गरिएको यस सहकार्यले नेपाली खेलकुदका साथ-साथै कम्पनीका उत्पादनहरूलाई प्रवर्द्धन गर्न र बजार विस्तारका निमित्त थप टेवा पुग्ने विश्वास कम्पनीको छ।

यस सहकार्यले कम्पनीका उत्पादनहरू स्वदेशी रूपमा मात्र परिचित नभई अन्तर्राष्ट्रिय स्तरमा नै परिचित विश्वास लिइएको कम्पनीद्वारा विज्ञप्तिमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्