२५ जेठ २०८३, सोमबार

अनलाइन ठगीको आरोपमा एक जना पक्राउ

मंसिर १२, २०८१
काठमाडौं
अनलाइन ठगीको आरोपमा एक जना पक्राउ

प्रहरीले अनलाइन स्क्याम गरेर ठगी गरेको आरोपमा एक जनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका-२ घर भई झापाको दमक नगरपालिका-६ बस्ने १९ वर्षीय पवन श्रेष्ठ भन्ने प्रकाश श्रेष्ठ रहेका छन् ।

उनले काठमाण्डौं महानगरपालिका-१९ का ४१ वर्षीय राजन महर्जनको सिटिजन्स बैंकको खाताबाट ४ लाख रूपैयाँ झिकेको पाइएको छ । घटनापछि प्रहरीमा उजुरी परेको थियो ।

त्यसपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जिल्ला प्रहरी कार्यालय झापा तथा पाँचथरको समन्वयमा श्रेष्ठलाई पाँचथरको फिदिम-१ शनिबारे चोकबाट पक्राउ गरिएको एसपी काजी कुमार आचार्यले जानकारी दिए । 

श्रेष्ठलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको अनुसन्धान कार्यालयका एसपी आचार्यले बताए । 

पक्राउ परेका श्रेष्ठको साथबाट प्रहरीले एनसेलका ७० वटा सिम, तीन थान मोबाइन, एक थान ल्यापटप र एसएसडी कार्ड एक थान बरामद गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्