०८ साउन २०८३, शुक्रबार

गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता विदेशी एजेन्डा : कमल थापा

मंसिर १२, २०८१
काठमाडौं
गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता विदेशी एजेन्डा : कमल थापा

 राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा जबरजस्ती लादिएको गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता विदेशी एजेन्डा भएको बताएका छन् ।

मुलुकमा देखिएको सम्पूर्ण रोग, भोक, गरिबी, अशिक्षा र पछौटेपनको एक मात्र कारण सनातन हिन्दु धर्म, राजसंस्था, एकात्मक शासन प्रणाली भएको गलत भाष्य निर्माण गर्दै भ्रमको खेती गरी षड्यन्त्र पूर्वक ढंगबाट  राजसंस्था र  सनातन हिन्दु राष्ट्रको पहिचान समाप्त गरिएको समेत थापाले बताए । 

आज विराटनगरमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले विदेशीहरूको प्रायोजन र षड्यन्त्रबाट मुलुकको महत्त्वपूर्ण पहिचानलाई समाप्त पार्न देश भित्रका पार्टीहरूलाई प्रयोग गरिएको थापाले आरोप लगाए ।

सबै समस्याको अचुक रामवाण औषधि गणतन्त्र, धर्म निरपेक्षता र संघीयता हो भन्दै भ्रम सिर्जना गर्न विदेशीले करोडौँ पैसा खर्च गरेको समेत उनको टिप्पणी थियो । विदेशीको दबाब, प्रभाव र सत्तास्वार्थमा माओवादीसँगै कांग्रेस र एमाले पनि बहकिएको भन्दै थापाले माओवादी मार्फत विदेशीले खेलेको र कांग्रेस र एमाले समेत प्रयोग भएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्