०३ साउन २०८३, आइतबार

यु–१४ एसियाली टेनिस : शिभाली फेरि च्याम्पियन

मंसिर १३, २०८१
काठमाडौं
यु–१४ एसियाली टेनिस : शिभाली फेरि च्याम्पियन

 नेपालकी शिभाली गुरुङ इमर्जिङ एथलिट्स जुनियर यु–१४ एसियाली टेनिस प्रतियोगिताअन्तर्गत–सर्किट टुको गल्र्स एकलतर्फ आज  पहिलो भएकी छन् । सर्किट– १ मा पनि शिभाली पहिलो भएकी थिइन् ।

नेपाल टेनिस सङ्घ र इमर्जिङ एथलिट्सद्वारा संयुक्त आयोजित प्रतियोगिताको फाइनलमा शिभालीले अइसथ करिन सइजनलाई ६–० र ६–० को सोझो सेटमा सहजै पराजित गरिन् ।

त्यस्तै ब्वाइज सिंगल्समा न्यूजील्यान्डका ज्याक्स रुप र भारतका तनिस नन्दा फाइनलमा पुगे । सातदोबाटोस्थित टेनिस कोर्टमा ज्याक्सले सर्किट–१ का विजेता अभि अग्रवाललाई ६–२ र ६–० को सोझो सेटमा हराए । अर्को सेमिफाइनलमा तनिसले वृजेश अर्याललाई सीधा सेटमा ६–२ र ६–१ ले पाखा लगाए ।

salt training

कमेन्ट गर्नुहोस्