३२ असार २०८३, बिहीबार

अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध गर्न विधेयक पारित

मंसिर १४, २०८१
काठमाडौं
अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध गर्न विधेयक पारित

अस्ट्रेलियाका सांसदहरूले १६ वर्षमुनिका बालबालिकाका लागि फेसबुक, इन्स्टाग्राम र एक्सजस्ता सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने नियमहरू पारित गरेका छन् । विधेयक संसद्को तल्लो सदन र सिनेटबाट पारित भएको हो ।

अब सामाजिक सञ्जाल कम्पनीहरूले बालबालिकालाई खाता खोल्नबाट रोक्न चाँडै उचित कदम चाल्ने अपेक्षा गरिएको समाचार संस्था एएफपीले जनाएको छ ।

नियम पालना नगरे पाँच करोड अस्ट्रेलियन डलरसम्म जरिमाना तिर्नुपर्ने बताइएको छ । तर सामाजिक सञ्जाल कम्पनीहरूले यो नियमलाई अस्पष्ट, समस्याग्रस्त र हतारमा भएको निर्णय भएको टिप्पणी गरेका छन् ।

नियामक कम्पनीले विवरणहरू तयार हुन र प्रतिबन्ध लागू हुन कम्तीमा एक वर्ष लाग्ने बताएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्