प्रधानसेनापति सिग्देलद्वारा रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदानरथी दर्जामा पदोन्नति भएका उपरथी प्रदीपजंग केसीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
उनलाई शुक्रबार एक कार्यक्रमका बीच प्रधानसेनापति अशोकराज सिग्देलले रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
उनलाई यही मंसिर १० गतेको मन्त्रिपरिषद् बैठकले रथीमा बढुवा गरेको थियो ।
पदोन्नतिसँगै रथी केसी बलाध्यक्षमा नियुक्त भएका छन् ।
दर्ज्यानी चिन्ह प्रदान गर्न आयोजित कार्यक्रममा रथीवृन्द तथा अधिकृतहरूका साथै परिवारजनको उपस्थिति रहेका थियो ।