१९ असार २०८३, शुक्रबार

कैलालीमा बस दुर्घटनाः तीन जनाको मृत्यु, ३६ जना घाइते

कात्तिक २६, २०७४
कैलालीमा बस दुर्घटनाः तीन जनाको मृत्यु, ३६ जना घाइते

धनगढी २६ कात्तिक– बैतडीबाट कञ्चनपुरको महेन्द्रनगरतर्फ जादै गरेको बस कैलालीको ढकेनी भन्ने स्थानमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन् ।  


ना ७ ख २७२३ नम्बरको बस बिहान कैलालीको चुरे गाउपालिकाको ढकेनी भन्ने स्थानमा बिहान साढे ५ बजे दुर्घटनामा परेको थियो । घाइतेहरुको कैलालीका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 


दुर्घटनामा तीन जनाको मृत्यु भएको बताइएको छ । कैलालीका प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले मृत्युवारे अस्पतालले पुष्टिगर्न बाँकी रहेको लोकान्तरलाई बताए । बस सडकबाट १ सय ५० मिटर तल खसेको छ । सन्दर्भ तस्वीर/फाइल फोटो 

salt training

कमेन्ट गर्नुहोस्