२८ जेठ २०८३, बिहीबार

रामेछापमा मिनीबस दुर्घटना, ५ जनाको मृत्यु

मंसिर १४, २०८१
काठमाडौं
रामेछापमा मिनीबस दुर्घटना, ५ जनाको मृत्यु

रामेछापमा शुक्रबार भएको मिनीबस दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार गोकुलगंगा गाउँपालिकास्थित सिमलडाँडा भीरमा फोर्स मिनीबस दुर्घटनामा परेको हो ।

१४ सीट क्षमता भएको उक्त गाडीमा ८ जना सवार रहेकोमा ५ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी प्रदीप सिंहले जानकारी दिए ।

घाइते ३ जनाको उद्धार कार्य भइरहेको उनले बताए । गाडी सडकबाट करिब ३०० मिटर तल खसेको र घटनास्थलमा उद्धार कार्य भइरहेको डीएसपी सिंहले बताए ।

salt training

कमेन्ट गर्नुहोस्