०४ असार २०८३, बिहीबार

रामेछाप जीप दुर्घटना : वडा अध्यक्षसहित ५ जनाको मृत्यु, ३ घाइते

मंसिर १४, २०८१
रामेछाप
रामेछाप जीप दुर्घटना : वडा अध्यक्षसहित ५ जनाको मृत्यु, ३ घाइते

रामेछापमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई पुरुष, दुई महिला र एक बालिका रहेका छन् ।  ​​

काठमाडौंबाट बेतालीका लागि छुटेको ना १ ज ७१२३ नम्बरको जीप आज दिउँसो गोकुलगङ्गा गाउँपालिका–६ फर्पुमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा गोकुलगङ्गा–४ बेतालीका वडाध्यक्ष ४५ वर्षीय रामचन्द्र बस्नेतसहित पाँच जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए।

दुर्घटनामा जीप चालक मन्थली नगरपालिका–१० का ३५ वर्षीय चालक हिराबहादुर कार्की, गोकुलगङ्गा–५ की ३० वर्षीया कविता कार्की र उनकी सात वर्षीया छोरी स्वस्तिका खड्काको मृत्यु भएको छ ।

मृतक अन्य एक जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।  

दुर्घटनामा घाइते तीनै जनालाई उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा कास्कीको लेखनाथ नगरपालिका घर भएका ४२ वर्षीय केशव शर्मा र रामेछापको गोकुलगङ्गा–४ बेतालीकी २७ वर्षीया सरस्वती कार्की घाइते भएका छन् ।

अन्य एक घाइतेको नाम थर खुल्न नसकेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्