२९ जेठ २०८३, शुक्रबार

ओमानमा पहिलोपटक सामाजिक सुरक्षासम्बन्धी विशेष कार्यक्रम सम्पन्न

मंसिर १४, २०८१
काठमाडौं
ओमानमा पहिलोपटक सामाजिक सुरक्षासम्बन्धी विशेष कार्यक्रम सम्पन्न

ओमानमा पहिलोपटक सामाजिक सुरक्षासम्बन्धी विशेष कार्यक्रम सम्पन्न गरिएको छ ।  सार्वजनिक बिदाको दिन पारेर शुक्रबार बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म राजदूतावास परिसरमा नेपाली श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्धता तथा योगदानको नियमितता गर्ने कार्य र श्रम तथा कन्सुलर सेवा सम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको मस्कटस्थित नेपाली दूतावासले जनाएको छ । 

ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालले पानसमा दीप प्रज्वलन गरेर कार्यक्रमको सुरुवात गरेका थिए । सो अवसरमा बोल्दै राजदूत अर्यालले सामाजिक सुरक्षा कोष, नेपाल सरकारले चालेका कदमहरू र यसको महत्व बारेमा प्रकाश पारेका थिए । 

null

 राजदूत अर्यालले उत्साहजनक सहभागिताका लागि खुसी व्यक्त गर्दै कार्यक्रमका लागि खटिने सामाजिक सुरक्षा कोष एवम् राजदूतावासका कर्मचारीहरू, नेपाली संघ संस्थाका प्रतिनिधिहरू तथा स्वयंसेवकहरुप्रति हार्दिक धन्यवाद व्यक्त गरे । 

सो अवसरमा सामाजिक सुरक्षा कोषका उपकार्यकारी निर्देशक विवेक पन्थीले सामाजिक सुरक्षा कोषमा आवद्ध हुने प्रक्रिया र योजनाको महत्व तथा फाइदाबारे विस्तृत रूपमा प्रकाश पारेका थिए । 

null

उक्त कार्यक्रमकै लागि कोषका उपकार्यकारी निर्देशक विवेक पन्थी,  सहायक निर्देशक राधिका निरौला र सूचना प्रविधि अधिकृत राजेश चापागाई सम्मिलित तीन सदस्यीय टोली ओमानको भ्रमणमा रहेको छ। 

कार्यक्रममा उपस्थित अधिकांश सहभागीहरूलाई सामाजिक सुरक्षा प्रणालीका बारेमा पयाप्त जानकारी नभएको पाइएको राजदूत अर्यालले बताए। साथै सेबाग्राहीहरूले ओमानमा पहिलो पटक यो सेवा उपलब्ध गराएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता किसिमका सेवालाई निरन्तरता दिनका साथै सामाजिक सुरक्षा र श्रम स्वीकृति सम्बन्धी सेवा पनि राजदूतावासबाटै प्रदान गर्न अनुरोध गरेका थिए । 

null

 विगतमा कार्यालय खुलेको दिनमा सेवा लिन आउन असहज हुने नेपाली श्रमिकहरुलाई लक्षित गर्दै निजहरुको सहजताका लागि सार्वजनिक विदाकै दिनमा राहदानी तथा कन्सुलर सेवा सम्बन्धी शिविर सञ्चालन गर्दै आएको भए तापनि यहाँबाट सामाजिक सुरक्षा सम्बन्धी सेवा पहिलो पटक आयोजना गरिएको दूतावासले जनाएको छ । 

null

सो कार्यक्रममा श्रम तथा कन्सलर सम्बन्धी अलग डेक्स खडा गरेर सेवाग्राहीहरुलाई जानकारी प्रदान गरिएको थियो। कार्यक्रमको संयोजन राजदूतावासका द्वितीय सचिव बिशेष कुमार साह र श्रम सहचारी  गोविन्द प्रसाद आचार्यले गरेका थिए । 

null

यसैबीच राजदूतावासको आयोजनामा शनिबार ओमानको सोहार सहरमा पनि यस्तै किसिमको शिविर सञ्चालन गर्ने कार्यक्रम तय भएको छ। यसका साथै डिसेम्बर २ सोमबारका दिन  सामाजिक सुरक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण कार्यक्रम संचालन गरी आगामी दिनमा नयाँ प्रशिक्षक मार्फत सामाजिक सुरक्षामा आवद्धता सम्बन्धी जानकारी एवं सेवा प्रदान गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ । 

null

salt training

कमेन्ट गर्नुहोस्