०५ असार २०८३, शुक्रबार

युवतीको भिडियो कल रेकर्ड गरेर आफन्तलाई पठाउने युवक प्रहरीको फन्दामा

मंसिर १५, २०८१
काठमाडौं
युवतीको भिडियो कल रेकर्ड गरेर आफन्तलाई पठाउने युवक प्रहरीको फन्दामा

सामाजिक सञ्जालमा युवतीको चरित्रहत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका-१ बस्ने ३८ वर्षीय सुरेन्द्र केसी रहेका छन् । 

उनलाई साइबर ब्यूरोबाट खटिएको प्रहरीले बुधबार पक्राउ गरेको हो । 

पीडित युवतीलाई सामाजिक सञ्जाल फेसबुकमा साथी बनाएर प्रेम प्रस्ताव राखी भिडियो कलको क्रममा गरिएको रेकर्ड पीडित र उनका आफन्तलाई समेत पठाई अपमान र बेइज्जत गरी चरित्र हत्या गरेको भन्ने पीडितको उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्