२८ जेठ २०८३, बिहीबार

केहरसिंहले फेरि ल्याए मौलिक सालैजो गीत

कात्तिक २६, २०७४
केहरसिंहले फेरि ल्याए मौलिक सालैजो गीत

काठमाडौं २६  कात्तिक - गायक केहरसिंह प्यासीले अर्को सालैजो गीत बजारमा ल्याएका छन् । केहरसिंह प्यासी र जुना श्रीसको स्वर रहेको गीत केही दिन अघि मात्रै  बजारमा आएको हो । 

बिन्ध्यवासीनी म्युजिक मार्फत उनले कालिपरे ठीटो बोलको गीत उनले बजारमा ल्याएका हुन् । गीतको लय शब्द पनि स्वयम प्यासीले नै गरेका छन् ।

गीतको भिडियोमा सुमन राना, रेणु पुन मगर, सविन गुरुंग र योजना जोशीले अभिनय गरेका छन् ।

प्यासीले यो भन्दा अघि पनि सालैजो गीत बजारमा ल्याएका थिए । सालैजो गीतमा नेपाली मौलिक पन हुने भएकोले आफूले सालैजो गीतमा विशेष जोड गरिरहेको प्यासीले बताए । 

salt training

कमेन्ट गर्नुहोस्