१२ असार २०८३, शुक्रबार
छुपुमा छुपु हिलोमा धान...

दक्षिणकालीको सोखेलमा धान रोपाइँ शुरू [फोटोफिचर]

जेठ २८, २०८३
काठमाडौं
दक्षिणकालीको सोखेलमा धान रोपाइँ शुरू [फोटोफिचर]

काठमाडौं उपत्यकाको दक्षिणी सीमामा पर्ने दक्षिणकाली नगरपालिका–३ सोखेल क्षेत्रमा यस वर्षको धान रोपाइँ शुरू भएको छ ।

सिँचाइको उचित व्यवस्था भएका खेतहरूमा प्रि–मनसुनको समयमा भइरहेको वर्षाले थप राहत पुर्‍याएपछि किसान खेताला तथा पर्म प्रणालीमार्फत रोपाइँमा जुटेका हुन् ।

यतिबेला सोखेलका फाँटमा किसान खेत तयारी, हिलो बनाउने तथा धानका रोप्ने काममा व्यस्त देखिन्छन् । पर्याप्त सिँचाइ र पानीको उपलब्धताका कारण रोपाइँ कार्य सहज बनेको स्थानीय किसान बताउँछन् । 

स्थानीय कृषकका अनुसार यस वर्ष जेठ अन्त्यदेखि परेको वर्षाले सिँचाइमा सहजता ल्याएको छ । विशेषगरी कुलो तथा अन्य सिँचाइ स्रोतको पहुँच भएका क्षेत्रमा रोपाइँ तीव्र रूपमा अघि बढेको छ ।

null

धान नेपालको प्रमुख खाद्यान्न बालीमध्ये एक हो । कृषि मन्त्रालयको तथ्यांकअनुसार नेपालमा वर्षे र चैते धान गरी कूल १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । धान उत्पादनले देशको खाद्य सुरक्षामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।

तर पछिल्ला वर्षहरूमा धान खेती हुने क्षेत्रफल भने निरन्तर घट्दो क्रममा रहेको छ । शहरीकरणको विस्तार, कृषियोग्य जमिनको प्लटिङ, खेतीयोग्य भूमि गैरकृषि प्रयोजनमा प्रयोग हुनु तथा कृषि क्षेत्रमा जनशक्तिको अभावजस्ता कारणले धान रोप्ने कूल क्षेत्रफल वार्षिक रूपमा खुम्चिँदै गएको देखिन्छ । काठमाडौं उपत्यकाका ग्रामीण क्षेत्रहरूमा समेत बस्ती विस्तारसँगै कृषि भूमि घट्ने क्रम जारी छ ।

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्