![३ बजेसम्म पनि शुरू भएन रास्वपाको बन्दसत्र, एसीमा आराम गर्दै प्रतिनिधि [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/RSP_Mahadhibeshan_3_mYm7IV7LBD.jpg)
सोमबार बिहान ८:३० बजे शुरू हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाको) बन्दसत्र दिउँसो ३ बजेसम्म पनि शुरू भएको छैन ।
आइतबार चितवनको भरतपुरस्थित गेस्टहाउस चौरमा महाधिवेशनको उद्घाटनसत्र गरेको रास्वपाले सोमबार बिहानै बन्दसत्रको समय निर्धारण गरेको थियो ।
तर, दिउँसो ३ बजेसम्म पनि बन्दसत्र शुरू नहुँदा प्रतिनिधिहरू अलमलमा छन् । उनीहरू प्रदर्शनी हलभित्रको एसीमा आराम गरिरहेका छन् ।











