![रास्वपा महाधिवेशनमा खानाको मेनु- खसीको मासुदेखि आलु, काउली र च्याउ [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/RSP_Khana_Menu_1_DnVtFo8Y2w.jpg)
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन चितवनको भरतपुरमा आइतबारदेखि जारी छ ।
महाधिवेशनमा जिल्ला, प्रवास र विभिन्न तहका कमिटीबाट करिब ४ हजार १०० प्रतिनिधि सहभागी छन् ।
ती प्रतिनिधिका लागि रास्वपाले खानपानको पूर्ण व्यवस्थापन गरेको छ । भोजन व्यवस्थापन उपसमितिका अनुसार प्रतिनिधिहरूलाई बिहानको नास्ता, बिहानको खाना, दिउँसो हाइटी र बेलुकाको रात्रिभोजको व्यवस्था गरिएको छ ।
बिहानको खानामा खसीको मासु र भातलाई मुख्य परिकार बनाइएको छ । बिहानको खानामा मात्रै दैनिक झण्डै ८ क्विन्टल खसीको मासु खपत हुने अनुमान गरिएको छ ।
बिहान र बेलुकाको खानामा कम्तीमा १० प्रकारका परिकारहरू समावेश गरिनेछ, जसमा जिरा राइस, दाल, तरकारी, अचार, सलाद र दही रहनेछन् ।
मासु नखाने (शाकाहारी) सहभागीका लागि पनिर र च्याउको छुट्टै व्यवस्था गरिएको छ भने साथमा मौसमी तरकारी पनि राखिनेछ । बेलुकाको खानामा भने ‘मिक्स भेज’ तरकारी खुवाइने जनाइएको छ ।
रास्वपाले खानपान व्यवस्थापनको जिम्मेवारी चितवनको क्षेत्रपुरस्थित दियालो फुडल्याण्डलाई दिएको छ ।









