
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो फ्लोरिडा पुगेका छन् ।
ट्रम्पले क्यानडामा २५ प्रतिशत कर लगाउने घोषणा गरेको केही समयपछि ट्रम्पलाई भेट्न ट्रुडो फ्लोरिडा पुगेको बीबीसीले जनाएको छ ।
ट्रुडो शुक्रबार साँझ फ्लोरिडाको पाम बिच इन्टरनेशनल एयरपोर्टमा अवतरण भएको क्यानाडाली मिडियालाई उद्धृत गर्दै बीबीसीले समाचार लेखेको छ । जहाँबाट उनी ट्रम्पलाई उनको घर अर्थात् मार–ए–लागो एस्टेटमा भेट्न जाने समाचारमा उल्लेख छ।
ट्रम्पले जनवरीमा पदभार ग्रहण गरेपछि मेक्सिको र क्यानडाबाट अमेरिकामा आउने सबै उत्पादनहरूमा उच्च शुल्क लगाउने घोषणा गरेका छन् ।