२९ जेठ २०८३, शुक्रबार

तारकेश्वरमा बसको ढोकाबाट खसेर दुई जनाको मृत्यु

मंसिर १५, २०८१
काठमाडौं
तारकेश्वरमा बसको ढोकाबाट खसेर दुई जनाको मृत्यु

काठमाडौंको तारकेश्वर नगरपालिका-८ मा लामबगरमा बसबाट खसेर दुई जनाको मृत्यु भएको छ । 

यात्रु चढाउने र ओराल्ने क्रममा रोकिराखेको अर्को गाडीमा ठोक्किँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

null

दुर्घटनामा परी नुवाकोटको ककनी गाउँपालिका-५ का ४५वर्षीय सन्चबहादुर लामा र तादी गाउँपालिका-१ घर भई हाल तारकेश्वर बस्ने ५८ वर्षीय सुन्तली ओझाको मृत्यु प्रहरीले जनाएको छ । 

दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि महाराजगन्जस्थित टिचिङ अस्पताल गलिएको प्रहरीले जनाएको छ । 

null

तारकेश्वरबाट रत्नपार्कतर्फ आइरहेको बा ४ ख ७१११ को बसमा झुण्डिएर बसेका यात्रु बाटोमा रोकिरहेको बा ३ क १६६६ गाडीसँग ठोकिँदा दुर्घटना भएको हो । 

null

 

salt training

कमेन्ट गर्नुहोस्