३१ असार २०८३, बुधबार

पूर्वप्रधानमन्त्री खनाल चीन प्रस्थान

मंसिर १५, २०८१
काठमाडौं
पूर्वप्रधानमन्त्री खनाल चीन प्रस्थान

पूर्वप्रधानमन्त्री तथा नेपाल नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल चीनको ग्वान्जाओमा आयोजना हुने विश्व सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग सङ्क्षिप्त कुरा गर्दै उनले चीन सरकारले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) परियोजना स्वीकार गर्नुपर्ने बताए ।

उनले भने, 'नेपालले आफ्नो आवश्यकता र हितलाई दृष्टिगत गरी बीआरआई स्वीकार गर्नुपर्छ । नेपाल र चीनबीचको सम्बन्धलाई अझ सुमधुर बनाउनुपर्छ । बीआरआईमार्फत हामीले ऋण र अनुदान लिन सक्छौँ । हामीले राष्ट्रहितमा  निर्णय गर्नुपर्छ ।'

salt training

कमेन्ट गर्नुहोस्