
नेपालमा पहिलोपटक आयोजना भएको नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो विकेट लिने खेलाडी ललित राजवंशी बनेका छन् ।
त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपूरमा आज भएको पहिलो खेलमा जनकपुर बोल्टस्का बलर राजवंशीले विराटनगर किङ्ग्सका ब्याटर लोकेश बमको विकेट लिएका हुन् ।
ललितले एनपीएलको पहिलो बलमै लोकेशको विकेट लिएका हुन् ।
यस्तै एनपीएलमा पहिलो चौका प्रहार गर्ने खेलाडी लोकेश बनेका छन् । लोकेश छ बलमा एक चौकासहित पाँच रन बनाएर आउट भएका छन् ।