२८ जेठ २०८३, बिहीबार

क्रिकेटको उमङ्गसँगै एनसेलले ल्यायो आकर्षक एनपीएल फ्यान प्याकहरू

मंसिर १५, २०८१
काठमाडौं
क्रिकेटको उमङ्गसँगै एनसेलले ल्यायो आकर्षक एनपीएल फ्यान प्याकहरू

अत्यन्तै व्यग्रताका साथ प्रतीक्षा गरिएको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) पार्वड बाई एनसेल शनिबारबाट शुरू भएको छ ।​ एनपीएलका खेलहरूलाई अझ रोमाञ्चक बनाउनका लागि, एनसेलले सधैं अन, डेटा र भ्वाइसमा तीन वटा आकर्षक एनपीएल फ्यान प्याकहरू सञ्चालनमा ल्याएको छ ।

यी अफरहरू अन्तर्गत ग्राहकहरूले अनलिमिटेड युट्युब र अनलिमिटेड डेटाका साथ एनपीएलभरि अनलाइनमार्फत खेलको मजा लिन सक्नेछन् ।

यसका साथै ग्राहकका लागि अनलिमिटेड भ्वाइस अफर पनि उपलब्ध छ । यी प्याकहरू लिने ग्राहकले एनपीएलका खेलहरू प्रत्यक्ष मैदानमा नै हेर्न टिकटलगायत अन्य आकर्षक उपहार जित्नको लागि पनि योग्य हुनेछन् ।​

सधैं अन प्याक अन्तर्गत ग्राहकहरूले रु. ३९९ देखि रु. १४९९ सम्मको कुनै पनि प्याकको खरिदमा ग्राहकले युट्युबमा प्याक अवधिभर अनलिमिटेड पहुँच पाउँछन् । यससँगै ग्राहकहरूले अतिरिक्त डेटा शुल्कको बारेमा चिन्ता नगरी एनपीएलका रोमाञ्चक खेलहरू अनलाइनमार्फत कुनै पनि समयमा जहाँ भए पनि हेर्न सक्नेछन् ।

त्यसैगरी डेटा सेवा आवश्यक भएका ग्राहकहरूका लागि एनसेलले अनलिमिटेड डेटा अफर ल्याएको छ ।  ग्राहकहरूले रु. ५० मा १ दिनको समयसीमा रहेको अनलिमिटेड डेटा प्याक लिन सक्छन् । रु. १२५ (३ दिन), रु. १९९ (७ दिन) र रु. ९९९ (२८ दिन) समयावधि रहेको अनलिमिटेड डेटा किनेर एनपीएलका खेलहरूको मजा अनलाइन मार्फत लिन सकिन्छ ।

भ्वाइस सेवामा पनि अनलिमिटेड प्याक रहेका छन् । ७ दिनको लागि रु. १४९ र २८ दिनको लागि रु. ४९९ मा अनलिमिटेड भ्वाइस सेवा लिन सकिन्छ । माथि उल्लेखित सधैं अन, अनलिमिटेड डेटा प्याकहरू, र अनलिमिटेड भ्वाइस प्याकहरू किन्ने सबै ग्राहकहरू एनपीएल खेलहरू मैदानमा नै हेर्नका लागि टिकट जित्न योग्य हुनेछन् ।

यी प्याकहरू किनेपछि ग्राहकहरूले एसएमएस मार्फत एनसेल एपमा रहेको ‘स्पिन द ह्वील’मा जाने लिंक प्राप्त गर्छन् । एपमा गई ह्वील घुमाउँदा ग्राहकहरूले एनपीएल खेलको टिकट, १ जीबी डेटा, रु. ५० क्याश ब्याक (१ दिनको समयसीमा), रु. १०० क्याश ब्याक (१ दिनको समयसीमा), वा १०० अन–नेट एसएमएस (१ दिनका समयसीमा) पाउन सक्छन् । 

त्यसैगरी, एनसेल फाउन्डेसनले प्रत्येक एनपीएलको खेलमा हानिने चौकामा ग्रामीण र दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई चारवटा शैक्षिक सामाग्री वितरण गर्नेछ । यस सामाजिक पहलको उद्देश्य विद्यार्थीहरूको जीवनमा शैक्षिक अवसर र उज्जवल भविष्यका लागि अवसरहरू बढाउनु हो । 

नेपाल क्रिकेट संघ (क्यान) र एनसेलले एनपीएलको  लागि सहकार्य गरेको छ । यस साझेदारी अन्तर्गत सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको पार्वड बाई पार्टनरको रुपमा एनसेल रहेको छ ।

यस साझेदारी अन्तर्गत एनसेलले नेपाली क्रिकेटप्रेमीहरूका लागि यो क्रिकेट महोत्सवलाई ऊर्जा प्रदान गर्दै आफ्नै स्थानीय क्रिकेट प्रतिभाहरूको विकासमा योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

यो सहकार्य एनसेलको ‘हामी तपाईंकै लागि’ थिम र नेपालमा क्रिकेट तथा खेलकुदको विकासलाई सहयोग गर्ने प्रतिबद्धतामा आधारित रहेको छ ।

समाजको माझ सधैं सँगै रहेर एनसेल फाउन्डेसन प्रभावकारी परियोजानाहरूमार्फत समुदायको विकासमा योगदान पुर्‍याउन प्रतिबद्ध छ । 

salt training

कमेन्ट गर्नुहोस्