२५ जेठ २०८३, सोमबार
निगमको निर्णय

पेट्रोलको भाउ बढ्यो

मंसिर १५, २०८१
काठमाडौं
पेट्रोलको भाउ बढ्यो

नेपाल आयल निगमले पेट्रोलको मूल्य वृद्धि गरेको छ। निगम सञ्चालक समितिको शनिवार बसेको बैठकले आजै मध्यरातदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको हो । जसअनुसार अब काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ कायम भएको छ । 

इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ५८ पैसा बढेर आएको छ । यस्तै डिजेलको मूल्य १८ पैसा घटेर आएपनि मूल्यमा कुनै हेरफेर गरिएको छैन । 

निगमका अनुसार मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ ७४ पैसा, हवाई इन्धनमा १ रुपैयाँ ३५ पैसा र एलपी ग्यासमा प्रतिसिलिन्डर १४ रुपैयाँ ४९ पैसाले बढेर आएको छ । 

जसअनुसार हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १५ अमेरिकी डलरका दरले बढाइएको निगमले शनिवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्