२५ जेठ २०८३, सोमबार

ग्रामथानमा नेता आएसँगै बढ्न थाले मतदाता

मंसिर १६, २०८१
विराटनगर
ग्रामथानमा नेता आएसँगै बढ्न थाले मतदाता

मोरङको ग्रामथान गाउँपालिका अध्यक्षका लागि भइरहेको उपनिर्वाचनमा विभिन्न मतदान केन्द्रमा मतदाताको संख्या बढ्न थालेको छ । 

बिहान ९ बजेसम्म ९.३ प्रतिशत मत खसेको ग्रामथानमा मतदानस्थलमा नेताहरू आउन थालेसँगै मतदाताहरू पनि बढेका छन्। 

कांग्रेस नेता गुरूराज घिमिरे, मोरङका जिल्ला सभापति समेत रहेका पूर्वमन्त्री डिग बहादुर लिम्बू लगायतका नेताहरू मतदान केन्द्र पुगेका छन् ।

यस्तै, पूर्वमन्त्री समेत रहेका मोरङ क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य अमनलाल मोदी लगायतका माओवादी नेताहरू पनि मतदानस्थलमा पुगेका छन् ।

एमालेका स्थानीय नेता समेत मतदान स्थलमा छन् ।

बिहान ७ बजेबाट मतदान शुरू हुने भनिएपनि ग्रामथानमा भने केही ढिलागरी शुरू भएको थियो ।  ग्रामथानमा २६ हजार ४४ मतदाता रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्