
यू–१९ एसिया कप क्रिकेटमा बंगलादेशविरुद्ध ब्याटिङ गरिरहेको नेपालले चौथो विकेट गुमाएको छ ।
टस हारेपछि ब्याटिङमा उत्रिएको नेपालको अन्य टप अर्डर चल्न सकेनन् । तर, ओपनर आकाश त्रिपाठीले नेपाललाई सम्हाल्ने प्रयास गरिरहेका छन् ।
यद्यपि, त्रिपाठीलाई साथ दिइरहेका सन्तोष यादव पनि ५ रन बनाएर आउट भएका छन् ।
मयान यादव र नरेन भट्ट ४/४ रन बनाएर आउट भए । दुई बल खेलेका अर्जुन कुमाल खाता नै नखोली आउट हुन पुगे ।
२० ओभरमा नेपालले ४ विकेट क्षतिमा ६० रन कटाएको छ ।
त्रिपाठीले ३५ रन कटाएका छन् ।
श्रीलंकासँग पहिलो खेल हारेपछि नेपालले आज बंगलादेशसँग दोस्रो खेल खेलिरहेको हो ।
समूह बीमा रहेको नेपालले अन्तिम खेल अफगानिस्तानसँग खेल्नेछ । अर्को चरणमा जाने सम्भावना कायम राख्न नेपाललाई बंगलादेशविरुद्ध जीत निकाल्नैपर्ने दबाब छ ।