१७ असार २०८३, बुधबार
सहकारी ठगी प्रकरण

पूर्वडीआईजी छविलाई बयानका लागि चितवन लगियो, रविको पालो कहिले ?

मंसिर १६, २०८१
काठमाडौं
पूर्वडीआईजी छविलाई बयानका लागि चितवन लगियो, रविको पालो कहिले ?

सहकारी ठगी प्रकरणमा जोडिएका नेपाल प्रहरीका पूर्वडीआईजी तथा गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशी बञ्जाडेलाई बयानका लागि चितवन लगिएको छ । 

पोखरा प्रहरीको हिरासतमा रहेका उनलाई हवाई जहाजमार्फत आइतबार दिउँसो चितवन लगिएको हो । चितवनको साहारा सहकारीको रकम अपचलन मुद्दामा बयानका जोशीलाई चितवन ल्याएको चितवन प्रहरी प्रमुख, एसपी गौतम मिश्रले लोकान्तरलाई जानकारी दिए ।

साहारा सहकरीको ३७ करोड ६५ लाखभन्दा बढी रकम गोर्खा मिडियामा गएको अनुसन्धानबाट खुलेको छ । यो प्रकणमा गोर्खा मिडियाका अध्यक्ष गीतेन्द्रबाबु राई (जीबी)सहित १७ जनाविरुद्ध गत असोजमा किटानी जाहेरी परेको थियो । 

यही मंसिर ७ गते जोशी र पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेहित १० जनाविरुद्ध चितवन जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । उनीहरूविरुद्ध सहकारी पीडितको तर्फबाट चितवनमा पुरक जाहेरी परेको छ । 

रविको अहिले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बयान चलिरहेको छ । काठमाडौंको बयान सकिएपछि रविलाई छिट्टै चितवन पुर्‍याइने प्रहरीले जनाएको छ । जोशीसँग काठमाडौं प्रहरीले यसअघि बयान लिइसकेको छ । 

सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते पक्राउ परेका लामिछानेसँग यसअघि रुपन्देहीमा समेत बयान लिइसकिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्